कपिलवस्तुका सीमामा यसरी हुँदैछ निगरानी [तस्बिरहरु]
कपिलवस्तु — कपिलवस्तुका सीमा क्षेत्रमा लुकीचोरी वारिपारी गरिने स–साना बाटोमा सशस्त्र प्रहरी परिचालन गरिएको छ । नजिकका भारतीय सीमावर्ती सहरमा कोरोना संक्रमित फेला परेपछि नाका सिल गरिएको हो ।
कोरोना संक्रमण रोकथामका लागि खुल्ला सीमाका कारण सर्वसाधारण लुकीचोरी आवतजावत गर्ने गरेकाले जोखिम बढेको हुँदा सीमा नाकामा उच्च सतर्कता अपनाइएको हो ।
भारतसँग कपिलवस्तुको ९३ किलोमिटर सीमा जोडिएको छ । ठाँउठाँउमा लुकीचोरी आवतजावत गर्ने स–साना नाका (बाटा) छन् ।
सीमामा निगरानी बढाउनका लागि सशस्त्र प्रहरीबाट थप सय जना परिचालन गरिएको छ । उनीहरुलाई सीमामा रहेको ६ वटा बोर्डर आउट पोस्ट र र एक भन्सार राजस्व गुल्ममा परिचालन गरिसकिएका छ ।
‘चोर नाका पुरै ठप्प पारेका छौं, कसैलाई आवतजावत गर्न दिएका छैनौं,’ सशस्त्रको २८ नम्बर गणका उपरीक्षक जनकराज पुरीले बताए ।