रोल्पामा दुई दर्जन परिवारलाई व्यापारीले बाँडे खाद्यान्न

रोल्पा — दैनिक ज्याला मजदुरी गरेर पालिदै आएका लिबाङका करिब दुई दर्जनलाई स्थानीय व्यापारीहरुले खाद्यान्न बाँडेका छन् । लिबाङका १८ जना व्यापारी मिलेर चामल, दाल, नुन र तेल वितरण गरेका हुन् ।

रोल्पामा दुई दर्जन परिवारलाई व्यापारीले बाँडे खाद्यान्न

विपन्न परिवारलाई करिब ३३ हजार रूपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको मिठाइ व्यवसायी मेघु साहले बताए 'यतिबेला खान गाह्रो परेपछि मर्कामा परेका परिवार पहिचान गरेर सत्प्रयास समूहको समन्वयमा खाद्यान्न बाँडेका हौं,' उनले भने

भारी बोकेर गुजारा गर्दै आएका हस्तराम महरा, रौतहटबाट आएर भुजाको व्यापार गर्ने सक्कल मुनिया, ठेलामा फलफूल बेच्ने दृष्टीविहीन रामसिंह विक, अपांगता भएकी रुइची विक उनका दुई जना दाजु, बाआमा दुवैको क्यान्सरका कारण मृत्यु भएका मनिता घर्तीमगर पतिको क्यान्सरबाट मृत्यु भएकी रेउघाकी जुनकुमारी बुढामगर लगायत खाद्यान्न सहयोग पाउँदा खुसी भए

उनीहरुलाई परिवार २५ किलो चामल, किलो दाल / किलो नुन तेल दिइएको लिबाङ बजारका फेन्सी व्यवसायी चोपनिधि सुवेदीले बताए 'काम गर्न पाएका दिनमात्रै खानेकुरा जुटाउन सक्ने परिवारलाई लकडाउनले साँच्चै गाह्रो परेको देखेर देखेर व्यवसायीहरू मिलेर खाद्यान्न बाँडिएको हो,' उनले भने खाद्यान्न वितरणको नेतृत्व उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य किशोर आचार्यले गरेका हुन्

यसैबीच लकडाउनका कारण खाद्यान्न जुटाउन नसक्नेलाई सहयोग गर्न रोल्पा नगरपालिकाले पनि सहयोग गर्न तथ्यांक संकलन थालेको नम्बरका वडाध्यक्ष नवराज आचार्यले बताए

प्रकाशित : चैत्र २३, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?