कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

२ सय ३१ परिवारलाई खाद्यान्‍न वितरण

हरि गौतम

(रुकुम पूर्व) — सिस्ने गाउँपालिकाका २ सय ३१ परिवारलाई राहतस्वरुप खाद्यान्‍न वितरण गरिएको छ । 

२ सय ३१ परिवारलाई खाद्यान्‍न वितरण

गाउँपालिकाका ८ वटै वडाका अतिविपन्न, असहाय तथा दैनिक ज्याला मजदुरी गरेर गुजरा चलाउनेका लागि गाउँपालिकाले राहत वितरण गरेको हो । हरेक वडाबाट छनोट भएकाहरुले वडा कार्यालयबाटै राहत बुझेका छन् । प्रतिपरिवार ३० किलोका एक बोरा चामल, २ लिटर तेल, २ पोका नुन, ३ किलो दालको साथमा हात धुन साबुन वितरण गरिएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । उनका अनुसार १ नम्बर वडाका १५, २ का ३८, ३ का २५ र ४ का २५ परिवारलाई खाद्यान्‍न वितरण गरिएको हो ।


यसैगरी ५ नम्बर वडाका ३५, ६ का ३०, ७ का २५ र ८ का ३७ परिवारलाई खाद्यान्‍न वितरण गरिएको अध्यक्ष बरालले बताइन् ।


जिल्लाका अरु दुई गाउँपालिकाले पनि राहत वितरण गर्ने तयारी गरेका छन् । भूमे गाउँपालिकाको कार्यपालिका बैठकले राहत वितरणसम्बन्धी कार्यविधि पास गर्नुका साथै अतिविपन्न, असहाय तथा ज्यालादारी गर्नेहरुको परिवार पहिचान गर्ने निर्णय गरेको छ । ९ वटै वडामा तथ्याङ्क संकलन सुरु भइसकेको गाउँपालिका अध्यक्ष रामसुर बुढा मगरले बताए । उनले यसको साथै लकडाउनलाई थप कडाई गर्ने, साबुन र मास्क वितरण पनि सुरु भएको जानकारी दिए ।


पुथाउत्तरगंगा गाउँपालिकाले राहत वितरणका लागि तथ्याङ्क संकलन गरिरहेको छ । यद्यपि राहत वितरणका लागि घरपरिवार पहिचान हुन सकेको छैन । घरपरिवार पहिचान भएपछि स्थानीयस्तरमा पाइने खाद्यान्‍न वितरणको योजना बनाइएको प्रमुख प्रशासकीय अधिकृत रविन्द्र बुढाक्षेत्रीले बताए ।

प्रकाशित : चैत्र २३, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?