१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

८ सय परिवारलाई राहत 

गिरुप्रसाद भण्डारी

प्युठान — लकडाउन घोषणापछि छाक टार्न मुस्किल परेकाहरूलाई प्युठान नगरपालिकाले राहत वितरण गर्न थालेको छ । वडा समितिमार्फत विपन्नहरूको पहिचान गरेर राहत दिइएको नगरपालिकाले जनाएको छ । 

८ सय परिवारलाई राहत 


नगरका १० वटै वडामार्फत शनिबारबाट राहत वितरण थालिएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । परिवार सदस्यको संख्याका आधारमा चामल, दाल, तेल, साबुन, नुन वितरण भइरहेको उनले बताए ।


नगरप्रमुख कक्षपतिका अनुसार पहिलो चरणमा झन्डै ८ सय विपन्न परिवारलाई राहत दिइँदै छ । ‘वडा कार्यालयमा खाद्यान्न जम्मा गर्ने क्रम जारी छ । टोलटोलमा पुगेर वितरण गरिरहेका छौं,’ उनले भने ।

नगरपालिकाले १० लाख रुपैयाँको कोरोना संक्रमण नियन्त्रण कोष घोषणा गरेर अभियान चलाएको छ । स्थानीय व्यापारी तथा बुद्धिजीवीहरूले नगद तथा जिन्सी गरी झन्डै ५ लाख ५० हजारजति राहत वितरणका लागि सहयोग गरेको कक्षपतिले बताए ।

प्रकाशित : चैत्र २३, २०७६ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?