कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रदेश सरकारले पठाएको पीपीई सेटमा गाउन मात्रै

माधव अर्याल

पाल्पा — प्रदेश सरकारले पहिलोपटक जिल्लाका दुई अस्पताललाई पीपीई सेट पठाएको बताए पनि चिकित्सकहरुले यो गाउन मात्र भएको बताएका छन्।

पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेयले १० सेट पीपीई ल्याएको जानकारी दिए पनि सोही अस्पतालमा कार्यरत निमित्त मेडिकल सुपुरिटेन्डेन्ट पुष्पराज ज्ञवालीले सेटमा गाउन मात्र रहेको बताएल्याएको सामाग्री मैले हेरेको थिइनँ,’ उनले भने, ‘हेर्दा गाउन मात्र रहेछत्यो पनि पुनः प्रयोग गर्न नसकिने खालको हो

रामपुर अस्पतालका फार्मेसी निरीक्षक रामप्रसाद कोइरालाले पनि प्रदेश सरकारले १० सेट गाउन पठाएको बताएशंकास्पद बिरामी आए मात्र उक्त गाउन लगाउने नभए प्याक नै नखोल्ने उनको भनाइ हामी पीपीई सेट पाइयो भनेर खुसी भएका थियौं,’ उनले भने, ‘गाउन पो रहेछ

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट पाल्पा रामपुर अस्पताललाई १०/१० सेट पीपीई, / सय सर्जिकल मास्क ग्लोब्स पठाएको प्रदेश सरकारले जनाएको थियो एन९५ मास्क / थान पठाएको बताइएको

प्रकाशित : चैत्र २२, २०७६ १८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?