कैलालीसँग जोडिएका बर्दियाका सबै नाका बन्द 

ठाकुरसिंह थारु

बर्दिया — छिमेकी जिल्ला कैलालीमा दुई र कन्चनपुरमा एक व्यक्तिमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भएको पुष्टि भएपछि बर्दियामा थप उच्च सतर्कता अपनाइएको छ । बर्दियासँग सीमा जोडिएको कैलालीको सबै सीमा बन्द गरिएको छ । 

कैलालीको टिकापुर सीमासंग जोडिएको नाका पूर्णरुपमा बन्द गरिएको राजापुर नगरपालिकाका प्रमुख शिवनारायण चौधरीले बताए । उनले कैलालीका सबै नाका बन्द गर्नु पर्ने बताए । कैलालीसंग राजापुर, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाको सीमा जोडिएको छ ।


ठाकुरबाबा नगरपालिकाको चिसापानी नाकाबाट १२ किलोमिटर पश्चिम कैलालीको लम्कीका दुई जना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको हो । ठाकुरबाबा नगरपाकिलाका प्रमुख घननारायण श्रेष्ठले चिसापानी नाका पूर्णरुपमै बन्द गरिसकेको जनाए ।

प्रकाशित : चैत्र २२, २०७६ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?