३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विपन्‍नलाई सहयोग जुट्दै

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुका गरिब र विपन्‍न परिवारहरुलाई निजी क्षेत्रको पहलमा राहत वितरण गर्न थालिएको छ । इकान्तिपुरमा बिहीबार साँझ 'चामल नभएपछि मेयरलाई फोन गरेँ, उठाएनन्' समाचार प्रकाशन भएपछि कपिलवस्तु नगर चेम्बर अफ कमर्शका अध्यक्ष गोपीकृष्ण शर्माले अभियान नै चलाएर खाद्यान्‍न वितरण गरिरहेका छन् ।

विपन्‍नलाई सहयोग जुट्दै

शुक्रबार दिउँसोसम्म ७५ हजार बढीको खाद्यान्न जुटाएको शर्माले बताए । ‘कसैले समाचारलाई ट्विट गरेको रैछ,’शर्माले भने, ‘शिर्षकले मन छोयो ।’


कपिलवस्तु नगरपालिका–१२ पिपरहवाका नगरकार्यपालिका सदस्य ईन्सानअली धुनिया र सईदअली धुनियाले १५/१५ किलोका एक सय बोरा चामल सहयोग गरे । रंजीत बर्माले २५ किलो दाल र २० लिटर तेल सहयोग गरे । ध्यानेन्द्रमणी त्रिपाठीले २५ किलो दाल सहयोग गरे । नित्यानन्द बर्माले १० लिटर तेल र १० लिटर दाल सहयोग गरे । अनुप पाण्डेले १० लिटर तेल सहयोग गरे । अरु थपिदै छन् ।


शर्मा आफैंले ७ हजार बढीको खाद्यान्न प्याकिंड बोरा, दाल र तेल सहयोग गरेका छन् । समाचारमा उल्लेख भएका विपन्न कपिलवस्तु नगरपालिका–९ जगदीशपुरका मनोज परियार, कपिलवस्तु नगरपालिका–३ शिवगढका भगेलु पासी र तौलिहवाको धनौरा टोलकी सीमा कहारलाई बोलाएर सहयोग प्रदान गरिएको शर्माले बताए । उनीहरुलाई जनही १५ किलो चामल, एक किलो दाल र एक लिटर तेल प्रदान गरेको शर्माले बताए ।


शनिबार दिउँसोसम्म २० जना बढीलाई खाद्यान्न वितरण गरिसकेको उनले बताए । बाँकी सहयोग संकलन भएको खाद्यान्न नगरका गरिब विपन्नलाई प्रदान गरिने उनले बताए । खाद्यान्न पाएपछि मनोज परियार निक्कै खुसी भएर घर फर्के । ‘२ साताकालागि ढुक्क भएँ,’ उनले भने, ‘लालाबाला खुसी हुने भए ।’

कपिलवस्तु नगरपालिकाले भने लकडाउन प्रभावित गरिब विपन्नलाई अझै राहत प्रदान गरेको छैन् । ‘गाँउगाँउ खटिएर कर्मचारी विवरण संकलन गरिरहेका छन्,’ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जिवी सापकोटाले भने, ‘अब एक दुई दिनमा वितरण गर्छौं ।

यो पनि पढ्नुहोस्ः

'चामल नभएपछि मेयरलाई फोन गरेँ, उठाएनन्'

प्रकाशित : चैत्र २२, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?