कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कपिलवस्तुमा आगलागीबाट २५ घर नष्ट

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको विजयनगर गाउँपालिका–१, गुगौलीमा शुक्रबार दिउँसो आगलागी हुँदा २५ घर नष्ट भएका छन् । अपराह्न साढे ४ बजे काशीराम यादवको घरबाट अचानक सल्केको आगो गाउँभरि फैलिएको थियो । अधिकांश खर छाएको र काठका घर जलेर क्षति भएको छ । 

कपिलवस्तुमा आगलागीबाट २५ घर नष्ट

हावा चलेकाले छिट्टै आगो गाउँभरि फैलिएको थियो । आगलागीबाट खाद्यान्न, लत्ताकपडा, भाडाकुडा, गरगहना र नगद जलेर क्षति भएको छ । ‘कति क्षति भयो विवरण संकलन भइरहेको छ,’इलाका प्रहरी कार्यालयका गणेशपुरका निरीक्षक मधु नेपालले भने, ‘मानवीय र चौपाया भने क्षति भएको छैन ।’


तौलिहवाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र र स्थानीयले साँझ साढे ६ बजेतिर आगो निभाएका थिए । अग्‍निपीडितलाई गाउँपालिकाले तत्काल ५ हजार बराबरको राहत खाद्यान्न वितरण गरेको अध्यक्ष गोपाल थापाले बताए ।

प्रकाशित : चैत्र २१, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?