सीमानामा थपियो सुरक्षाबल 

कमल पन्थी

बर्दिया — नेपाल–भारत सीमामा घुसपैठ रोक्न स्थानीय प्रशासनले थप सुरक्षा बल परिचालन गरेको छ । 

भारतमा कोराना भाइरसबाट संक्रमित बढ्दै गएपछि त्यताबाट घुसपैठ हुन सक्ने भन्दै थप सुरक्षा बल तैनाथ गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । सीमामा सशस्त्र प्रहरी र नेपाल प्रहरी बललाई निगरानी राख्दै घुसपैठ रोक्न निर्देशन दिएको छ । जिल्लामा रहेका २२ क्‍वारेन्टाइनमा भारतबाट आएका ३ सय ७६ जनालाई राखिएको छ । जिल्ला अस्पताल गुलरियाको आइसोलेसनमा ५ जना रहेका छन् ।


लकडाउनका कारण बर्दिया सुनसान भए पनि खुल्ला सीमाना भएका कारण जुनसुकै ठाउँबाट घुसपैठ हुने भएकाले सुरक्षा निकायलाई चनाखो रहन निर्देशन दिइएको हो । भारतीय सीमामा ९५ प्रतिशत जंगक्षेत्र भएकोले उत्ताबाट विभिन्न मार्ग हुँदै मानिस प्रवेश गर्छन् । क्‍वारेन्टाइनमा रहेकामध्ये अधिकांश गुलरिया, जमुनी र राजापुर नाका हुँदै नेपाल छिरेकाहरु हुन् । तर, नाका नभएका अग्निपथबाट कति भित्रिए भन्ने यकिन तथ्यांक कसैसँग छैन । यसले जिल्लामा संक्रमणको जोखिम रहेको स्थानीयको भनाइ छ ।


प्रशासनले भारतबाट बर्दिया भित्रिने सबैलाई क्‍वारेन्टाइनमा राख्ने गरेको छ । जिल्ला बाहिरका होम क्‍वारेन्टाइनमा रहन प्रशासनले निर्देशन दिएको छ ।

प्रकाशित : चैत्र २१, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?