कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइनमा सुविधा नभएको भन्दै २४ जना घर फर्के 

अमृता अनमोल

बुटवल — खानेबस्‍ने सुविधा नभएको राम्रो नभएको भन्दै रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिकाको क्‍वारेन्टाइनमा बसेका २४ व्यक्ति घर गएका छन् । भारतका विभिन्‍न सहरबाट आएका उनीहरु बिहीबार साँझ आ-आफ्ना घर गएका हुन् ।

क्‍वारेन्टाइनमा सुविधा नभएको भन्दै २४ जना घर फर्के 

गाउँपालिकाका स्वास्थ्य संयोजक मुन्सीप्रसाद माझीले अवस्था तनावग्रस्त बनेपछि वडाध्यक्षहरुको जिम्मा लगाएर उनीहरुलाई घर पठाइएको बताए । ‘ उनीहरुलाई क्‍वारेन्टाइनमा राख्नै सकिएन । सुविधा नभएको भन्दै होहल्ला गर्ने र भागेर जाने गर्न थाले,’ स्वास्थ्य संयोजकले भने, ‘अन्यथा नहोस् भनेर वडाध्यक्षको जिम्मा लगाएर पठाएका हौं ।’बिहीबार साँझ घर गएका उनीहरु घरमा सेल्फ क्‍वारेन्टाइनमा बसे/नबसेकोबारे भने जानकारी नभएको माझीले बताए ।


सम्मरीमाई गाउँपालिकाले ५ दिनअघिदेखि असुरैनामा रहेको मदरसामा क्‍वारेन्टाइन बनाएको थियो । उक्त क्‍वारेन्टाइनमा राखिएका भारतबाट आएका युवाहरुले न्यूनतम सुविधासमेत नभएको भन्दै सुरुदेखि नै विरोध गरेका थिए । आलुको झोल र भातमात्रै खान दिएको, ओछ्यान राम्रो नभएको र झुलबाट लामखुट्टे छिरेर सुत्न नसकेको भन्दै केही युवाले बिहीबार नाराबाजीसमेत गरेका थिए ।

प्रकाशित : चैत्र २१, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?