पाँच घर-गोठमा आगलागी

दुर्गालाल केसी

दाङ — गढवा गाउँपालिका ६ मनिकापुरमा बिहीबार आगलागी हुँदा तीन घर, दुई गोठ, दुई भान्सा घर र एक घुम्ती पसल जलेर नष्ट भएका छन् ।

आगलागीबाट स्थानीय विष्णु रानाको घर र भान्सा घर, भक्तबहादुर सुुनारको गोठ, कृष्णबहादुर सुुनारको पसल र घर तथा ऋषी रानाको घर, गोठ र भान्सा घर जलेको इलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ । आगलागीबाट घरमा सबै सामानहरु नष्ट भएको प्रहरीले बताएको छ ।

गढवा गाउँपालिका र लमही नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाएका थिए । भक्तबहादुर सुनारको गोठ नजिकै रहेको विद्युतको ट्रान्सफर्मरबाट निस्किएको झिल्काले आगलागी भएको स्थानीयले बताएका छन् ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना कोषमा २२ बैंकको २५ करोड सहयोग

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म २२ वटा बैंकले करिब साढे २५ करोड (२५ करोड ४० लाख रुपैयाँ) योगदान गरेका छन् ।

बाँकी ५ बैंकले पनि निकट भविष्यमा सहयोग घोषणा गर्ने बैंकर्स संघले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले उपचार कोषमा योगदान गरेको रकम संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) मा गणना गर्न पाउने सुविधा दिएपछि कोषमा रकम जम्मा गर्ने क्रम बढेको हो ।

बैंकहरूले ०७६ चैत ७ देखि इन्टरनेट/मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबार तथा नेपालभित्र कुनै पनि एटीएम प्रयोग गरेबापत लाग्ने खर्च स्वयम् बेहोर्दै आएका छन् ।

यस्तै नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार चैतमा भुक्तानी हुने ब्याज रकममा १० प्रतिशत छूट दिने व्यवस्था गरिएको पनि संघले जनाएको छ । ‘यो व्यवस्थाले बैंकहरूको ब्याज आय करोडौं रुपैयाँले घट्ने भए तापनि ऋणीहरूलाई योगदान पुग्ने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चैतको किस्ता असारमा तिर्न सकिने व्यवस्थाले बैंकहरूलाई भारी व्ययभार हुने भए तापनि ऋणीहरूलाई भने राहत पुग्ने देखिन्छ ।’

अप्ठ्यारो परिस्थितिमा बैंकहरू आफैंमा पीडित भए पनि मुलुकको अर्थतन्त्रलाई टेवा दिन तथा सर्वसाधारणको हितका लागि योगदान तथा सहयोग गर्न पाउँदा गौरवान्वित भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र २१, २०७६ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×