निजामुद्दिन गएको आशंकामा ६ जना क्वारेन्टाइनमा

कमल पन्थी

बर्दिया — भारतको राजधानी नयाँदिल्लीस्थित निजामुद्दिन मस्जिदमा केही दिन अघि सम्पन्न भेलामा सहभागी भएको आशंकामा बर्दियाका ६ जनालाई यहाँ क्वारेन्टाइनमा राखिएको छ ।

सदरमुकाम गुलरियाका ६ जनालाई स्थानीय महाकवी देवकोटा मावि क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


सहभागी २४ जनाभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टी भएपछि भेलामा विभिन्न मुलुकबाट सहभागी थिए । त्यसले भारत लगायत मुलुकमा त्रास छाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले मुस्लिम समुदायका अगुवासँग समन्वय गरी ६ जनालाई क्वारेन्टाइनमा राखिएको बताए । उनीहरुले दिल्लीको निजामुद्दीन भेलामा नगएको बताएका छन् ।


मुस्लिम अगुवा राजु मनिहारले उनीहरु पूर्वी तराईमा भएको धार्मिक सभाबाट दुई/तीन महिनाका लागि प्रचारप्रसारमा नेपालमा भएको जानकारी दिएको बताए । ‘क्वारेन्टाइनमा बसेर स्वास्थ्य परीक्षण गर्दा संक्रमण भए/नभएको पत्ता लाग्छ,’ उनले भने,‘यस घडीमा प्रशासनलाई सहयोग गर्नु सबैको कर्तव्य हो ।’


उनीहरु निजामुद्दीन मेलामा सहभागी भएको पुष्टी नभएकाले गलत प्रचार प्रसार नगरिदिन मुस्लिम समुदायका अगुवाले आग्रह गरेका छन् ।


यो पनि पढ्नुहोस्ः

दिल्लीको निजामुद्दिन धार्मिक भेलामा सहभागी नेपालीको खोजी सुरु

प्रकाशित : चैत्र २०, २०७६ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?