कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

संकटमा सहयोगी बढ्दै

तुलसीपुरको कोरोना नियन्त्रण कोषमा लाखौं रकम जुट्दै
दुर्गालाल केसी

दाङ — कोरोना नियन्त्रण र विपन्नलाई सहयोग गर्न स्थानीय तहमा गठित कोषहरूमा सहयोग गर्नेको संख्या बढ्दै छ । तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको कोरोना विपद् व्यवस्थापन मेयर कोषमा दैनिकजसो रकम थपिइरहेको छ ।

संकटमा सहयोगी बढ्दै

सुरुमा उपमहानगरले ५० लाखको कोष स्थापना गरेको थियो । त्यसमा तुलसीपुरका नेत्रमणि लामिछानेले १ लाख, वडा नं. १७ का अध्यक्ष थलराज पुरीले ६५ हजार, उपमहानगरका इन्जिनियर पवनकुमार योगीले ४० हजार र मोर्गन इन्टरनेसनल कलेजका अध्यक्ष कुलप्रसाद चापागाईंले २५ हजार सहयोग गरेका छन् ।

यस्तै राप्ती बबई बहुमुखी क्याम्पसले १ लाख ११ हजार, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिले ५५ हजार, ट्याक्टर तथा यातायात ढुवानी सेवा, अम्बिकेश्वरी सार्वजनिक राप्ती यातायात प्रालि, साना मालवाहक यातायात ढुवानी सेवा, तुलसीपुर यातायात प्रालि, मावि सेन्टरका प्रधानाध्यापक भागवत पौडेल, बजाज टेम्पोका सञ्चालक गेहेन्द्र पौडेल, समाजसेवी हमिद खानले २५–२५ हजार रुपैयाँ सघाएका छन् । तुलसीपुर लेखापढी कानुन व्यवसायीले ११ हजार रुपैयाँ उपलब्ध गराएको छ ।

फुड बैंकमा पनि सहयोग

विपन्न परिवारलाई खाद्यान्न वितरण गर्ने उद्देश्यले तुलसीपुर उपमहानगरले बनाएको फुड बैंकमा पनि सहयोग संकलन भइरहेको छ । नवदुर्गा सामुदायिक वन समूहले ५ हजार, इसाई समुदायले ५ सय र तुलसीपुरका व्यवसायी सेवकराम भण्डारीले ३ सय केजी चामल सहयोग गरेका छन् ।

यस्तै नवज्योति टोल विकास संस्थाले ३ सय केजी, हेमराज डाँगी र मनु शर्माले २ सय केजी, तुलसीपुर २ भमकेका गोविन्द आचार्यले २ सय केजी र मनिकापुरका तिलकबहादुर डाँगीले २ सय केजी चामल सहयोग गरेका छन् ।

विपन्नको पहिचान गरेर प्रतिपरिवार २५ किलो चामल, १ किलो नुन, १ लिटर तेल र १ किलो सोयाबिन उपलब्ध गराउने तयारी भइरहेको नगरप्रमुख घनश्याम पाण्डेले बताए । लकडाउनका कारण छाक जुटाउन समस्या परेका अति विपन्न परिवारलाई वडाध्यक्षको सिफारिसमा यस्तो राहत वितरण गरिनेछ । संकलित नगद कोरोना नियन्त्रण र उपचारमा लगानी गरिने पाण्डेले जानकारी दिए ।

प्रकाशित : चैत्र २०, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?