कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

घुम्ती पसल सञ्‍चालन 

नवीन पौडेल

परासी — उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले घुम्ती पसल सञ्चालन गरेको छ । बजारमा खाद्यान्न र ग्यास अभाव हुन थालेपछि घुम्ति पसल सञ्चालनमा ल्याइएको हो ।

घुम्ती पसल सञ्‍चालन 

खाद्य समाग्रीसहित अत्यावश्यक समानहरु पश्चिम नवलपरासीका मुख्य बजार क्षेत्रमा बिक्री गरिने छ ।


यसैगरी लकडाउनका कारण गरिब तथा विपन्न वर्गमा परेको असरलाई मध्यनजर गर्दै संघले राहत कोष स्थापना गरेको छ । विपन्न परिवारलाई सहयोग गर्ने हेतुले राहत कोषको स्थापना गरिएको संघका अध्यक्ष केशव भण्डारीले बताए । कोषमा एक लाख ५० हजार रकम संकलन भएको छ ।


पश्चिम नवलपरासीमा विदेशबाट आएर क्वारेन्टाइनमा बस्ने व्यक्तिको संख्या १ सय ५ पुगेको छ । बिहीबार विहानसम्म १ सय ५ पुगेका छन् ।


प्रकाशित : चैत्र २०, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?