तेस्रो मुलुकबाट आएका ४३ जना नै स्वस्थ

प्यूठान — प्यूठानमा भारत बाहेक तेस्रो मुलुकबाट आएका ४३ जना क्वारेनटाइनमा छन् । सबैको स्वास्थ्य अवस्था ठीक छ । उनीहरुको दैनिक स्वास्थ्य परीक्षण भइरहेको जिल्ला स्वास्थ्य प्रमुख विशाल सुबेदीले बताए । 

‘तेस्रो मूलुकबाट आएका कसैलाई पनि उच्च ज्वरो र खोकीको समस्या देखिएको छैन,’ उनले भने, ‘उनीहरु नेपाल आएको १२/१५ दिन भइसकेको छ ।’ तेस्रो मुलुकबाट आएका ४३ मध्ये एयर अरेबियाको जी ९५३७ विमानमा धादिङका संक्रमित व्यक्तिसँगै नेपाल आएका प्यूठान नगरपालिका २ का २ जनालाई घरमै सुरक्षा टोलीले विशेष निगरानीमा राखेका छन् ।


भारतबाट आएका ३ हजार ४० जना मध्ये दुई/चार जनालाई सामान्य ज्वरो आएको बाहेक कुनै समस्या नदेखिएको जिल्ला प्रहरी प्यूठानका प्रमुख नरेन्द्रकुमार कार्कीले बताए । उनका अनुसार भारतबाट आएका ५७ जना स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका छन् । अरु सबै होम क्वारेन्टाइनमै छन् ।

प्रकाशित : चैत्र २०, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?