कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिद्वारा हिरासतमा आत्महत्या

मनोज पौडेल

कपिलवस्तु — छोरी बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिले प्रहरी हिरासतमा आत्महत्या गरेका छन् । वाणगंगा नगरपालिकाका ३८ वर्षीय थुनुवाले इलाका प्रहरी कार्यालय, पिपराको हिरासतमा आत्यमहत्या गरेका छन् ।

ती व्यक्तिले बिहीबार बिहान करिब सवा ७ बजे हिरासतको बाथरुमको शौचालयको भेन्टिलेसनमा तन्‍ना प्रयोग गरेर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

अर्का थुनुवा शौचालय जान खोज्दा ढोका नखुलेपछि उनले ढोकामाथि रहेको प्वालबाट हेर्दा मान्छे झुण्डिएको देखेका थिए । त्यसपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि बिहीबार बिहान घटना बाहिर आएको हो ।

घटनाबारे बुझ्न र अनुसन्धान गर्न जिल्लाबाट नायव उपरीक्षक सुनिल मल्ल नेतृत्वमा टोली पुगेको छ ।

‘उनको शव अझै झिकिएको छैन,’ मल्लले भने, ‘उनकी श्रीमतीलाई बोलाएका थियौं, बाबुआमालाई पर्खेका छौं ।’ घटनास्थलको मुचुल्का उठाएपछि शव झिकेर पोस्टमार्टम गरिने मल्लले बताए ।

ती व्यक्तिले बारम्बार छोरीलाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको थियो । उक्त आरोपको अनुसन्धान भइरहेको थियो । प्रहरीले अनुसन्धान सकेर अभियोगपत्रसहित मुद्दा जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइसकेको जनाएको छ ।

प्रकाशित : चैत्र २०, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?