३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

प्रदेश ५ को कोरोना नियन्त्रण कोषमा नेपाल बैंकको ५ लाख सहयोग

सन्जु पौडेल

रुपन्देही — नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश ५ ले प्रदेश ५ को कोरोना रोकथाम र नियन्त्रण कोषमा ५ लाख रुपैयां सहयोग गरेको छ ।

प्रदेश ५ को कोरोना नियन्त्रण कोषमा नेपाल बैंकको ५ लाख सहयोग

नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रमुख पासाङ दोर्जी शेर्पाले बुधबार मुख्यमन्त्री शंकर पोखरेललाई ५ लाख रकम हस्तान्तरण गरेका हुन ।


प्रादेशिक कार्यालय प्रमुख शेर्पाले बैंकले विषम परिस्थितिमा विभिन्न शाखा मार्फत सामाजिक कार्य गरिरहेको बताए । बैंकका हरेक प्रदेशमा रहेका कार्यालयले सामाजिक उत्तरदायित्व अन्तर्गत ५ लाख सहयोग गरेका शेर्पाले बताए ।

बैंकको केन्द्रीय कार्यालयले केन्द्रको कोरोना नियन्त्रण कोषमा १ करोड जम्मा गरेको छ ।

मुख्यमन्त्री पोखरेलले सहयोगका लागि बैंकलाई धन्यवाद ज्ञापन गरे । महामारीविरुद्ध सबै मिलेर लाग्नुपर्ने उनले बताए ।

प्रकाशित : चैत्र १९, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?