बर्दियामा एउटा हात्ती मृत फेला

कान्तिपुर संवाददाता

बर्दिया — बर्दियाको राजापुर नगरपालिका–७ शंकरपुरमा बुधबार बिहान एउटा हात्ती मृत अवस्थामा फेला परेको छ ।

नेपाल–भारत सीमास्थित हात्ती मृत अवस्थामा फेला हात्तीको नाक र आँखाबीचको भाग काटिएको छ । वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले घटनास्थल पुगेर मृत हात्तीको मुचुल्का उठाएका छन् ।


इलाका वन कार्यालय,राजापुरका रेन्जर ध्रुव चौधरीले हात्तीको नाक र आँखाकोबीच भागमा काटिएको अवस्थामा फेला परेको बताए । 'हात्ती उमेरले बुढो भइसकेको थियो,' उनले भने,'हात्तीको सबै अंग सुरक्षित छन् ।' बर्दिया राष्ट्रिय निकुन्जबाट चिकित्सक टोली त्यसतर्फ पठाएको प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।


सिमावर्ती भारत उत्तर प्रदेश राज्यको बहराइचस्थित कतरनियाघाट वन्यजन्तु आरक्ष बर्दिया संग जोडिएको छ । उक्त हात्ती भारतबाट आएको भन्दै भारतीय सुरक्षा बल एसएसबीको टोली घटनाबारे जानकारी लिन त्यहाँ आएको रेन्जर चौधरीले बताए ।


हात्ती प्राकृतिक कारणले हो वा कसैले मारेको पोष्टमार्टम रिर्पोट नआएसम्म खुल्न नसक्ने वनका कर्मचारीले बताए । भारतबाट आउने हात्तीले वर्षेनी खेती क्षती पुराउनका साथै कच्ची घर भत्काउने गरेको छ ।

प्रकाशित : चैत्र १९, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

४५ मजदुरको उद्धार, ३० अझै अलपत्र

रमेशचन्द्र अधिकारी

धनकुटा — लकडाउनका कारण तमोर करिडोर सडक निर्माणमा कार्यरत ७५ जना मजदुरमध्ये ४५ जनाको उद्धार गरिएको छ । धनकुटा, पाँचथर र सुनसरी जिल्ला जोड्ने तमोर करिडोरका विभिन्न स्थानमा सडक निर्माणका क्रममा मजदुर खटिँदै आएका थिए ।

पछिल्लो विषम अवस्थाका कारण उनीहरुको दैनिक मजदुरीको काम रोकिएपछि मजदुर अलपत्र परेका थिए ।
रौता सन्तोषी जेभी कस्न्ट्रक्सनमार्फत लावरबोटेदेखि नावा खोलासम्मको सडक निर्माणमा रहेका ४५ मजदुरलाई जिल्ला प्रशासन कार्यालय तथा चौबिसे गाउँपालिकाको पहलमा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए । एक साता बढी अलपत्र रहेर आफूहरु घर जान पाएको सुपरभाइजर राजन थापाले बताए । उद्धार गरिएका मजदुरहरु सिन्धुली, दोलखा, इलाम, पाँचथर, धनकुटा, गोर्खा, सिन्धुपाल्चोकलगायतका छन् ।

त्यस्तै सुनसरीको चतारामा रहेका ३० मजदुर भने अझै सोही स्थानमा रहेको त्यहाँ कार्यरत सुपरभाइजर उदय कार्कीले जानकारी दिए । कतिपय पैदल हिँडेरै घरतर्फ फर्किएको थापाको भनाइ छ । शर्मा एन्ड कम्पनी कस्न्ट्रक्सनमार्फत सुनसरीको चतारास्थित बराहा क्षेत्रको १६ किलोमिटर क्षेत्रफलमा निर्माणाधीन सडकमा ती मजदुर रहेका छन् ।

सुपरभाइजर कार्कीका अनुसार बाँके, रामेछाप, नवलपरासी, भैरहवा, उदयपुर सप्तरी लगायत जिल्लाका मजदुर कार्यरत छन् । यसरी अपलत्र परेकालाई सम्बन्धित निर्माण कम्पनिले प्रशासनमा जानकारी गराएमा उद्धार गर्न सकिने धनकुटाका प्रमुख जिल्ला अधिकारी विमलीले बताए । उनले अलपत्र परेका सबैलाई प्रक्रियागत रुपमा उद्धार गरिने जानकारी दिए ।

प्रकाशित : चैत्र १९, २०७६ ०९:१४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×