३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सीमामा अलपत्र परेकालाई जिल्ला पठाउने प्रदेश सरकारको निर्णय

अमृता अनमोल

बुटवल — प्रदेश ५ सरकारले भारतीय सीमा क्षेत्रमा अलपत्र परेकालाई समूह बनाएर सम्बन्धित जिल्लामा पठाउने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उद्धार गरिएका नागरिकलाई क्वारेन्टाइनमा राख्न र खानपीनको व्यवस्था गर्न भने सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ । प्रदेशका बेलहिया, कृष्णनगर र बाँकेको जमुनाहा नाकामा ठूलो संख्यामा भारतबाट फर्केका नागरिक अलपत्र परेका छन् । 

सीमामा अलपत्र परेकालाई जिल्ला पठाउने प्रदेश सरकारको निर्णय

देशभित्रै अलपत्र परेका निर्माण क्षेत्रमा काम गर्ने मजदुरलाई घर पठाउन यातायातका साधनको पासको व्यवस्था प्रमुख जिल्ला अधिकारीले मिलाउने र सम्बन्धित निर्माण कम्पनीले गाडीको व्यवस्था गर्ने गरी पठाउने निर्णय भएको छ ।

यस्तै एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पीपीई पठाउँदै बिरामी बोक्ने एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ । कोरोना परीक्षणका लागि प्रदेशमा तत्काल तीनवटा प्रयोगशाला स्थापना गर्ने गरी तयारी थाल्ने निर्णय भएको छ । भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्र परिसर, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जको भेरी अस्पतालमा प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परीक्षण सुुरु गर्ने निर्णय प्रदेश सरकारले गरेको हो ।

यस्तै खेती स्याहार्ने बेला भएकाले कृषि प्रयोजनमा प्रयोग हुने थ्रेसर र कम्बाइन मेसिनलाई गाउँ र नगरपालिकाभित्र कार्यकारी अधिकृतलाई, जिल्लाभित्र र बाहिरका लागि प्रमुख जिल्ला अधिकारीलाई पासको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

यस्तै एम्बुलेन्स चालकका लागि १२ वटै जिल्ला प्रशासन कार्यालयमा पीपीई पठाउँदै एम्बुलेन्स चालकलाई पीपीई उपलब्ध गराउने काम प्रमुख जिल्ला अधिकारीमार्फत गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रकाशित : चैत्र १७, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?