कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घोराहीमा खाद्यान्‍न पसल पनि बन्द, घरघरमै पुर्‍याउने व्यवस्था

सबै पसल बन्द हुने भएपछि बिहानैदेखि बजारमा मानिसहरुको भीड
दुर्गालाल केसी

दाङ — घोराही बजारमा सोमबार बेलुकादेखि खाद्यान्न पसलहरु पनि बन्द हुने भएका छन् । यसअघि बिहान ६ देखि ९ बजेसम्म दैनिक उपभोग्य वस्तुका पसलहरु खोल्ने गरिएको थियो ।

घोराहीमा खाद्यान्‍न पसल पनि बन्द, घरघरमै पुर्‍याउने व्यवस्था

घोराही उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको आइतबारको बैठकले सोमबार बेलुकादेखि चैत २५ गतेसम्म सबै पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।


सबै पसल बन्द हुने भएपछि बिहानैदेखि बजारमा मानिसहरुको भिडभाड लागेको छ । दैनिक उपभोग्य वस्तुहरु किन्न मानिसहरु बजारमा निस्किए । हरेक पसल र तरकारी बजारमा मानिसहरुबीच दूरी कायम गर्ने सेतो घेराहरु बनाइएको छ । मानिसहरु तोकिएको घेरामा लाइनमा बसेर सामान किनिरहेका छन् ।


अब दैनिक उपभोग्य वस्तु चाहिएमा घरमै पुर्‍याउने व्यवस्था गरिएको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताए । दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा घरघरमै सामान पुर्‍याउने व्यवस्था मिलाइएको उनले बताए ।


सामान चाहिए उद्योग वाणिज्य संघको फोन नं. ०८२५६००६३ मा सम्पर्क गर्न भनिएको छ । पसल खुल्दा मानिसहरुको भिडभाड हुने क्रम बढेपछि सबै बन्द गर्ने निर्णय गरेको चौधरीले बताए ।

प्रकाशित : चैत्र १७, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?