संक्रमित व्यक्तिसँगै आएका प्यूठानका दुवै जना होम क्‍वारेन्टाइनमा 

गिरुप्रसाद भण्डारी

प्यूठान — एयर अरेबियाको जी ९५३७ विमानमा धादिङका संक्रमित व्यक्तिसँगै नेपाल आएका प्यूठानका २ जना सम्पर्कमा आएका छन् । 

प्रशासनले उनीहरुको खोजी गरेर पहिचान गरेको छ । दुवैको घर पत्ता लागेर प्रशासनको निगरानीमा रहेको प्रमुख जिल्ला अघिकारी कृष्णप्रसाद पन्थले जानकारी दिए । उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको पन्थले बताए । उनीहरु प्यूठान नगरपालिकाका रहेको प्रशासनले जनाएको छ ।


उक्त जहाजमा आएका धादिङका एक पुरुषको स्वास्थ्य परीक्षणको क्रममा बुधबार कोरोना संक्रमण भएको पुष्टि भएपछि गृह मन्त्रालय प्रहरी प्रधान कार्यालयबाट पठाएको विवरणका आधारमा खोजी सुरु गरिएको थियो ।


संक्रमित भेटिएको व्यक्ति चढेको विमान चैत ६ गते दुबईको सारजहा एयरपोर्टबाट काठमाडौं आएको थियो । विमानमा १६९ जना यात्रु रहेकोमा प्यूठानका २ जना थिए ।


उनीहरु दुवै जना काठमाडौबाट अलग अलग रात्री बसमा प्यूठान आएको पाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?