कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कोरोना कोषमा सिद्धार्थ बैंकद्‍वारा १० लाख सहयोग  

सन्जु पौडेल

(रुपन्देही) — सिद्धार्थ बैंक लिमिटेड प्रदेश ५ ले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ । 

कोरोना कोषमा सिद्धार्थ बैंकद्‍वारा १० लाख सहयोग  

शनिबार बैंकका प्रदेश ५ प्रमुख सुशील नेपाल, बुटवल मिलनचोक शाखा प्रमुख चन्द्रदेव पौड्याल र भैरहवा शाखा प्रमुख जीवन घिमिरेले संयुक्त रुपमा मुख्यमन्त्री शंकर पोखरेललाई १० लाख रुपैयाँको चेक प्रदान गरेका हुन् । रकम प्रदान गर्दै बैंकका प्रदेश प्रमुख नेपालले वित्तीय संस्था सेवाग्राही र सरकारप्रति उत्तरदायी रहेको भन्दै आपत्‌कालीन अवस्थामा सक्दो सहयोगको प्रयास गरेको बताए ।


बैंकले गरेको सहयोगको प्रशंसा गर्दै मुख्यमन्त्री पोखरेलले विपद्का बेला सबैले सहयोग गरी संयमित भएर जिम्मेवार नागरिकको दायित्व पूरा गर्न आग्रह गरे । उनले लकडाउनको समयमा घरमै बसेर स्वास्थ्यको हेरचाह गर्नसमेत सुझाए ।

प्रकाशित : चैत्र १५, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?