३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

लक डाउनको अवज्ञा, परासीमा साप्ताहिक हाटबजार सुचारु 

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सदरमुकाम परासीमा लकडाउनको अवज्ञा गर्दै स्थानीय व्यवसायीले हाट बजार सञ्चालन गरेका छन् । शनिबार परासीमा साप्ताहिक हाटबजार लागेको छ । हाटबजारमा तरकारीदेखि दैनिक उपभोग्य सामाग्री किन्ने ग्राहकको घुइँचो लागेको छ । 

लक डाउनको अवज्ञा, परासीमा साप्ताहिक हाटबजार सुचारु 

‘तरकारीका खुद्रा व्यवसायी चोकचोकमा बस्न थालेपछि हाट बजार मै बस्न भनेका हौ । ग्राहकका लागि निश्चित दूरी कायम गरेर मात्र बस्न भनिएको थियो,’ प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले भने,‘एकाएक भिड भएछ । भिड हटाउन खोजेको र अवज्ञा गर्नेलाई कारबाही हुनेछ ।’


रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले प्रहरी प्रशासनको असहयोगका कारण नगर क्षेत्रमा लकडाउन कार्यान्वयनमा समस्या देखिएको आरोप लगाए । ‘हामीले आग्रह गर्ने हो । हामीसँग प्रहरी छैनन् । सार्वजनिक सूचना निकालेर सचेत पनि गराएका छौं,’ उनले भने,‘एक हप्ता अगाडि बन्द गरिएको हाट बजारमा आज एकाएक भिड देखियो । प्रशासनलाई भन्दा वास्ता गर्दैन ।’

रामग्राम नगरपालिकामा कोरोना संक्रमणको आंशका रहेको घरपरिवार तथा छरछिमेक र विदेशबाट आउनेलाई सेल्फ क्वारेन्टाइनमा बस्नका लागि ५० बजेडको क्वारेन्टाइन निर्माण गरेको छ । परासी बुद्धचोकस्थित आदर्श माविको कक्षाकोठामा क्वारेन्टाइन निर्माण गरिएको छ भने संक्रमित व्यक्तिलाई प्राथमिक उपचारका लागि पृथ्वीचन्द्र अस्पतालमा ४ बेडको आइसोलेशन कक्ष तयार भएको छ ।

प्रकाशित : चैत्र १५, २०७६ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?