कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भारतबाट फर्किएका गुल्मी र अर्घाखाँचीका ४२ जना क्वारेन्टाइनमा

वीरेन्द्र केसी

अर्घाखाँची — भारतबाट फर्किएका गुल्मीका २६ जना र अर्घाखाँचीका १६ जनालाई क्वारेन्टाइनमा राखिएको छ । भारतमा रोजगारीका लागि गएका उनीहरु कोरोनाको संक्रमणपछि घरमा फर्कंदै थिए । 

भारतबाट फर्किएका गुल्मी र अर्घाखाँचीका ४२ जना क्वारेन्टाइनमा

अर्घाखाँचीका १६ जनालाई सन्धिखर्क नगरपालिकाको हटारीनेटाको क्वारेन्टाइनमा राखिएको छ । ९ जना भारतबाट आएर घरमा पुगेका र नेपाल–भारत सीमा नाका कृष्णनगरबाट कपिलवस्तु प्रशासनले पथ्थरकोटसम्म ल्याएपछि अर्घाखाँची प्रशासनले ल्याएर बिहीबार ल्याएर राखेकामा ७ जना छन् । ९ जना शुक्रबार थपिएका हुन् । उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए । उनीहरुलाई खाने व्यवस्था गरिएको छ ।


गुल्मीको १८ जना सबै भारतबाट आएका हुन् । इस्मा गाउँपालिकाको क्वरेन्टाइनमा ११, मालिका गाउँपालिकामा १० र धुर्काेट गाउँपालिकामा ५ जनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेले बताए । बिहीबार एकजनालाई कारोना संक्रमणको आशंकामा प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर निगरानी गरिने उनले बताए ।

प्रकाशित : चैत्र १५, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?