२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

डुबेर दाजुभाइको मृत्यु 

मनोज पौडेल

कपिलवस्तु — पोखरी किनारमा खेल्दाखेल्दै डुबेर दाजुभाइको शुक्रबार बिहान मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–८, पूर्व वेलहवाका तबरेज धुनियाका १२ वर्षे छोरा सलमान धुनिया र उनका भाइ १० वर्षे अरमान धुनियाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीको सहयोगमा पोखरीबाट निकालेर उपचारका लागि जिल्ला अस्पलात तौलिहवा ल्याइएको थियो । पछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरीका निरीक्षक अमृत भण्डारीले बताए ।

खेल्दै गर्दा भाइ अरमान पोखरीमा खसेर डुबेपछि उनलाई बचाउन जाँदा दाजु सलमान पनि डुबेको अनुमान गरिएको छ । सुख्खा मौसममा पानी आवश्यकता पूर्ति गर्न कृत्रिम सामुदायिक पोखरी बनाइएको थियो ।

प्रकाशित : चैत्र १४, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?