कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना विशेष अस्पताल 

दुर्गालाल केसी

दाङ — घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रयोगशालासहितको कोरोना विशेष अस्पताल सञ्चालन हुने भएको छ । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको छलफलपछि उक्त टुंगोमा पुगिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले जानकारी दिए ।

राप्ती स्वास्थ्य प्रतिष्ठानमा कोरोना विशेष अस्पताल 

अहिले प्रदेश सरकारको पहलमा बेलझुण्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रीय आयुर्वेद विद्यापीठमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ । एक सय शैयाको कोरोना अस्पतालमा जिल्लाका स्थानीय तहबाट स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ ।


अस्पतालमा खट्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सुरक्षाकर्मीलाई ५० प्रतिशत भत्ताको व्यवस्था गरिएको अस्पताल सञ्चालन समितिका संयोजक प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले बताए ।


हाल अस्पतालमा भर्ना हुने बिरामीलाई खाना खुवाउन स्थानीय तहहरुले कोष बनाएका छन् । कोषमा घोराही र तुलसीपुर उपमहानगरपालिकाका साथै लमही नगरपालिकाले १/१ लाख तथा अन्य सात गाउँपालिकाले ५०/५० हजार रुपयाँ सहयोग गर्ने भएका छन् ।

प्रकाशित : चैत्र १४, २०७६ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?