प्यूठानमा भारतबाट आएका २६ जना क्‍वारेन्टाइनमा

गिरुप्रसाद भण्डारी

प्यूठान — जिल्लामा भारतबाट घर फर्किएका २६ जनालाई बिहीबार रातिदेखि क्वारेन्टाइनमा राखिएको छ । ऐरावती गाउँपालिका–३ को मोति मावि बरौलामा १५ र स्वर्गद्वारी नगरपालिका–६ स्थित झुपाकोट प्रावि थापाखर्कमा ११ जना लाई क्वारेनटाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले जनाकारी दिए । 


क्वारेन्टाईन पठाउनुअघि प्यूठान भित्रने मुख्य नाका सरुमारानी २ ददेरीमा स्थापित हेल्थडेस्कमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । बिहीबार मात्र भारतबाट प्यूठान भित्रिएका २ सय २६ जना नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ । त्यस मध्ये २६ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।


अरुलाइ होम क्वारेनटाइमा बस्न आग्रह गरिएको छ । क्वारेन्टाइनमा राखिएका मध्ये धेरैजसो कृष्णनगर नाका प्रयोग गर्दै भारतबाट प्यूठान भित्रिएका थिए । क्वारेन्टाइनमा राखिएकाहरुको स्वास्थ्यमा अहिले सम्म कुनै किसिमको समस्या नदेखिएको प्रहरीले जनाएको छ । उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने प्रजिअ पन्थले बताए ।


प्युठानमा सबै स्थानीय तहहरुले क्वारेन्टाइन स्थल तयार गरेका छन् । हालसम्म जिल्लामा १ सय ८ बेड क्षमताको क्वारेन्टाइन बनेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ ।


स्थानीय तह मार्फत् भारतसहित तेस्रो मुलुकबाट आएकाहरुको तथ्यांक संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्कीले बताए ।


लकडाउनको समयमा घरबाट बाहिर ननिस्कन प्रहरीले आहृान गदै जिल्लाका ९ वटै स्थानीय तहमा माइकिङ थालेको छ । अटेर गरेर सवारी साधन चलाइ आवतजावत गर्नेहरुलाई प्रहरीले कारबाही गरेको छ ।


प्रहरीले बिहीबार १ जिप ,२ ट्याक्टर, ५ मोटरसाइकल गरी ७ सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । ६ जना जनालाई पक्राउ गरेर सम्झाइ बुझाइ छाडेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १४, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउन अवज्ञा गरी चलाइएको मोटरसाइकल दुर्घटना, १ को मृत्यु, २ सख्त घाइते

नारायण शर्मा

नवलपरासी — मध्यविन्दु नगरपालिकाको अम्रसामा लकडाउनको अवज्ञा गरी चलाइएको मोटरसाइकल दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । उनीहरु एउटै मोटरसाइकलमा चढेका थिए ।

चोरमारा बजारबाट अम्रसा गाउँतिर जाँदै गरेको ना ४३ प २९८ नम्बरको मोटरसाइकल बिहीबार राति दुर्घटना हुँदा भोजबहादुर महतोको मृत्यु भएको हो । प्रहरी कार्यालय चोरमाराका अनुसार घाइते हुनेमा बुद्धिराम महतो र चालक यमबहादुर पौडेलको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

भोजबहादुरको उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनायो ।

कोरोना भाइरस (कोभिड १९) संभावित संक्रमण रोक्‍न सरकारले मंगलबारदेखि लागू हुने गरी एकसाता देशव्यापी रुपमा लकडाउन गरेको छ ।

प्रकाशित : चैत्र १४, २०७६ ०८:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×