१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

टोल प्रवेश गर्नेलाई ५ हजार जरिवाना

दुर्गालाल केसी

दाङ — तुलसीपुर उपमहानगरपालिका ८ मालभुङस्थित एकता टोल विकास संस्थाले बाहिरी मान्छेलाई टोल प्रवेशमा रोक लगाएको छ । लकडाउनको समयमा पनि मानिसहरुको आवतजावत नरोकिएपछि टोल विकास संस्थाको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

पहिलोपटक सम्झाईबुझाई पठाउने र दोस्रोपटक आए ५ हजार जरिवाना गर्ने निर्णय भएको संस्थाका अध्यक्ष यमप्रसाद सुवेदीले बताए । गाउँमा बाहिरी मानिसहरुको प्रवेशबाट कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको उनले बताए ।


यसैगरी लमही नगरपालिका ५ रमाइलो टोलका बासिन्दाहरुले टोलमा प्रवेश रोक्न सडक अवरुद्ध गरेका छन् । टोल प्रवेश गर्ने सडकको दुवैतिर भाटा लगाएर सडक अवरुद्ध गरिएको छ । कोरोना संक्रमण फैलन सक्ने भन्दै विभिन्न गाउँमा सचेतना अपनाइएको छ । राजपुर गाउँपालिकाका किशोरीहरु गाउँगाउँमा पुगेर साबुनपानीले हातधुने सन्देश दिइरहेका छन् ।


विभिन्न सञ्चारमाध्यमबाट पनि कोरोनाबाट बच्ने उपायबारे सचेतना फैलाइरहेको जिल्ला जनस्वास्थ्य प्रमुख सुनिता पौडेलले बताइन् । सबैभन्दा सुरक्षित उपाय घरमै बस्ने र पटकपटक साबुनपानीले हातधुने भएकाले यस्तो सजिलो उपाय अनपाई सुरक्षित हुन सबैलाई आग्रह गरिएको उनले बताइन् । अनावश्यक हिँड्दा नै संक्रमण फैलने भएकाले सबै सजक हुनुपर्ने पौडेलले बताइन् ।

प्रकाशित : चैत्र १३, २०७६ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?