३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतबाट आएका ७ जना क्‍वारेन्टाइनमा

वीरेन्द्र केसी

(अर्घाखाँची) — भारतबाट अर्घाखाँची आउँदै गरेका ७ जनालाई जिल्ला प्रशासनले क्‍वारेन्टाइनमा राखेको छ । 

भारतबाट आएका ७ जना क्‍वारेन्टाइनमा

सीमा नाका कृष्णनगरबाट कपिलवस्तु प्रशासनले पथ्थरकोटसम्म ल्याइदियो । त्यसपछि अर्घाखाँची प्रशासनले बिहीबार एम्बुलेन्सबाट सन्धिखर्क ल्याएर युवा वर्ष रविचित्र मावि हटारीको क्‍वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई १४ दिनसम्म क्‍वारेन्टाइनमा राखेर निगरानी गरिने सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।


उनीहरु रोजगारीका लागि भारत गएका थिए । मंगलबार भारतको लुधियानाबाट आएका हुन् । गड्डाचौकी नाका भएर आएका अर्घाखाँचीका २९ वर्षीय एकजना हालसम्म सम्पर्कमा नआएकाले खोजी भइरहेको उनले बताए ।

यसैबीच, भारतबाट आएका २५ जनालाई गुल्मीको तम्घासस्थित महेन्द्र माविको क्‍वारेन्टाइनमा राखिएहरुको स्वास्थ्य सामान्य भएपछि स्थानीय तहको जिम्मेवारीमा गाउँ पठाइएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?