१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पाल्पामा भारतबाट फर्केका ३७ जना क्‍वारेन्टाइनमा 

माधव अर्याल

पाल्पा — भारतबाट नेपाल फर्केका ३७ जनालाई पाल्पास्थित तानसेन नगरपालिकाको जनप्रिय मावि र बगनासकाली गाउँपालिकाको चिर्तुङधारास्थित ग्राम्य माविमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । 

पाल्पामा भारतबाट फर्केका ३७ जना क्‍वारेन्टाइनमा 

दुवै स्थानमा बुधबार मात्र क्वारेन्टाइन तयार भएको थियो । धनगढीको गड्डाचौकी नाका हुँदै नेपाल आएका उनीहरूलाई सुदुरपश्चिम सरकारले बसको व्यवस्था गरी पाल्पासम्म छाड्न ल्याएको थियो । ३७ जनामध्ये चार जना बाग्लुङका हुन् ।


२६ जनालाई बर्तुङ र ११ जनालाई ग्राम्य माविको क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए ।


राती नै भोकै छौ भन्ने खबर पाएपछि तत्काल खानाको व्यवस्थापन गरेको तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताए । तत्काललाई यहाँ राखिए पनि जिल्ला सुरक्षा समिति र सम्बन्धित स्थानीय तहमा सम्पर्क गरेर पठाइने नगरप्रमुख अशोककुमार शाहीले बताए ।


रामपुर नगरपालिकाका ११, पूर्वखोला गाउँपालिकाका २२ जना र ४ जना बागलुङका रहेका छन् । उनीहरु भारतका विभिन्न स्थानमा होटल, कम्पनी बन्द भएपछि साताअघि हिडेको पूर्वखोला–१, सिलुवाका सन्तोष रानाले बताए ।


क्वारेन्टाइनमा आएका ३७ जनाको नेपाली सेनाको पाल्पास्थित गोरखदल गणबाट स्वास्थ्यकर्मी पुगेर ज्वरो नाप्ने र स्वास्थ्य जनचेतना दिइएको छ ।


उनीहरूलाई १४ दिनसम्म क्वारेन्टाइनमा बस्न सुझाव दिइएको नेपाली सेनाका मेजर मनोज डंगोलले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?