लागूऔषधसहित एक पक्राउ 

कान्तिपु संवाददाता

परासी — पश्चिम नवलरासीमा प्रहरीले लागूऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार बेलुका सरावल गाउँपालिका–४ ललितपुरस्थित भित्री सडकमा चेक गर्ने क्रममा बर्दघाट नगरपालिका १३ का ५९ वर्षीय सुरेन्द्र चमारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको गरेको हो । 

लागूऔषधसहित एक पक्राउ 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका डीएसपी वीरेन्द्र थापाका अनुसार युपी १६ एच ७५७१ नम्बरको भारतीय मोटरसाइकलमा लुकाइछिपाइ ल्याउँदै गरेको ५ सय ७६ थान स्पास्मो, ६ सय थान नाईट्रोभेट र १ सय बोतल ओनरेक्स बरामद गरिएको हो ।


लक डाउनको समयमा ग्रामीण भेगमा सुरक्षा चेक नहुनेभ भन्दै लागूऔषध ओसार्ने गरिएको पाइएको प्रहरीले बतायो ।


पक्राउ परेका चमारलाई लागूऔषध ओसारपसार सम्बन्धि कसुरमा मुद्दा चलाइने छ ।


प्रकाशित : चैत्र १३, २०७६ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?