लकडाउन अवज्ञा गर्नेलाई जरिवाना

नवीन पौडेल

परासी — ग्रामिण क्षेत्रमा लकडाउन अवज्ञा भएको छ । बजार क्षेत्रमा सुरक्षाकर्मीको डरले मानिसहरु घर बाहिर ननिस्किएको भएपनि गाउँघरमा भने अधिकासं मानिस घर बाहिर र चौतारीमा बसेर गफ गरिरहेको भेटिन्छन् ।

पाका पुस्तालाई यसबारे जानकारी कम छ । कार्यालय बन्द भएको र भारत लगायत अन्य मुलुकबाट आएका युवाहरु खसी काट्ने र रमाइलो गर्नमा व्यस्त देखिन्छन् ।


स्थानीयले लक डाउनलाई गम्भिर रुपमा नलिएपछि पश्चिम नवलपरासीका युवाले सडक नै बन्द गरेका छन् । ‘लक डाउनको पालना गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने ब्यानरसहित सडक बन्द गरेका हुन् ।


उनीहरुले सडकमा निस्कने मानिसलाई सम्झाउने र अवज्ञा गरे जरिवाना तिराउने गरेका छन् । ‘अपरिचित मानिसलाई गाउँ प्रवेशमा रोक लगाएका छौं,’ सरावल गाउँपालिका–२ मनरीका सुशान्त घिमिरेले भने,‘विदेशबाट आएका आफन्तीलाई क्वारेन्टाइनमा पठाउने र जनचेतना जगाउने काम गरेका छौं । सडक नै बन्द गरेपछि सवारीसाधन सञ्चालन हुँदैन् ।’ जिल्लाको विभिन्न स्थानमा युवाहरुले घर भित्र बस्न, सरकारको आहृानको पालना गर्न र रोगबारे जनचेतना जगाउन लागि परेका हुन् ।


यस्तै पूर्वी नवलरासीको कावासोती-७ टरुवाका युवाले पनि सडक बन्द गरेका छन् । साथै लक डाउनको अवज्ञा गर्नेलाई पाँच हजार रुपैयाँ जरिवाना तोकेका छन् ।


‘विकसित मुलुकहरुले समेत यो रोगको रोकथाम र उपचार भरपर्दो गर्न सकेका छैनन् । हाम्रो मुलुकमा संक्रमण फैलियो भने स्थिती भयावह हुने बारे अझै पनि गाउँघरमा चेतना छैन्,’ कावासोती ७ बन्देउरीका असोक महतोले भने,‘जभाभावी सवारी चलाउने र गाउँ बाहिरका मानिसहरुको चहलपहल बढेपछि सडक बन्द गरेका छौ । कसैले अवज्ञा गरेमा गाउंले मिलेर ५ हजार जरिवाना तिराउने सहमति भएको छ ।’


पश्चिम नवलरासीको राजमार्ग आसपासमा अत्यावशयक सवारीसाधन नचलेपनि ग्रामीण भेगमा भने आवातजावत रोकिएको छैन् । प्रकाशित : चैत्र १३, २०७६ १२:०७

प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कानुनका विद्यार्थीलाई तेजश्री मानवअधिकार छात्रवृत्ति प्रदान गरिने

कान्तिपुर संवाददाता

काठमाडौँ — मानवअधिकारकर्मी तेजश्री थापाको स्मृतिमा स्थापित प्रतिष्ठानले कानुन पढ्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

गत वर्ष निधन भएकी थापाको नाममा गठन गरिएको 'भाष्कर-तेजश्री स्मृति प्रतिष्ठान'ले नेपाल ल क्याम्पस र नेसनल ल कलेज काठमाडौंमा अध्ययनरत विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्नेछ ।

तेजश्रीको निधन भएको एक वर्ष पुगेको दिन उनकी आमा डा. रीता थापा र बुबा डा. भेषबहादुर थापाले एक विज्ञप्ति जारी गर्दै दुवै क्याम्पसमा अध्ययनरत एक एक विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति प्रदान गर्ने जनाएका छन् ।

त्यस्तै प्रतिष्ठानले लैंगिक हिंसा रोकथाम तथा यौनजन्य दुर्व्यवहारविरुद्ध तेजश्री प्रयास अभियान एड्भोकेसी चलाउने पनि जनाएको छ । बालबालिका र कारगारमा स्थापना गरिएका पुस्तकालयका लागि पनि प्रतिष्ठानले सहयोग गर्ने छ ।

तेजश्री थापा मानवअधिकार वकिल थिइन् । उनले युद्धग्रस्त बाल्कन क्षेत्र र दक्षिण एसियामा भएका बलात्कारका घटनालाई मानवताविरुद्धको अपराधका रूपमा लिँदै कानुनी लडाइँ गर्दै आएकी थिइन् । उनी बंगलादेश श्रीलंका र नेपालमा भएका द्वन्द्वका घटनादेखि म्यानमारका रोहिंग्या मुसलमानविरुद्ध भएको अत्याचारलाई मानवअधिकार उलंघन भन्दै न्याय दिने अभियानमा लागेकी थिइन् ।

ह्युमन राइट्स वाच (एचआरडब्लु) मा वरिष्ठ दक्षिण एशिया अनुसन्धानकर्ताका रूपमा कार्यरत रहेको अवस्थामा गत वर्ष अमेरिकास्थित न्यूयोर्क सिटीमा ५२ वर्षको उमेरमा तेजश्रीको निधन भएको थियो । उनले संयुक्त राष्ट्रसंघ, द हेगस्थित इन्टरनेशनल क्रिमिनल ट्रिब्यूनलमा पनि काम गरेकी थिइन् ।

प्रकाशित : चैत्र १३, २०७६ ११:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×