कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

लकडाउन प्रभावित मजदुरलाई नगरपालिकाले दाल–चामल दिने

सन्जु पौडेल

तिलोत्तमा — तिलोत्तमा नगरपालिकाले लकडाउनबाट प्रभावित दैनिक मजदुरी गरेर जिविकोपार्जन गर्ने वर्ग समुदायलाई लक्षित गरी राहत घोषणा गरेको छ ।

लकडाउन प्रभावित मजदुरलाई नगरपालिकाले दाल–चामल दिने

बिहीबार बिहान बसेको सचिवालय बैठकले लकडाउनबाट प्रभावित भइ दैनिक छाक टार्न समस्या भएका परिवारलाई राहत दिने निर्णय गरेको नगरप्रमुख वासुदेव घिमिरेले बताए ।


‘पहिलो चरणमा साँझबिहानको छाक टार्न समस्या भएका प्रतिपरिवार दश किलो चामल र दुई किलो दाल उपलब्ध गराउने निर्णय भएको छ,’ उनले भने, ‘टोल विकास संस्थाको सिफारिसमा राहत उपलब्ध गराउने छौं ।’


नगरपालिकाले दैनिक ज्यालामजदुरीमा काममा लगाउने व्यक्ति, ठेकेदार, संस्था, कम्पनीलाई आफ्ना कामदारप्रतिको जवाफदेहीता निर्वाह गर्नसमेत ध्यानकर्षण गराएको छ । नगरपालिकाले राहत वितरणलाई व्यवस्थित बनाउन उपप्रमुख जागेश्वरी चौधरीको संयोजकत्वमा समिति गठन गरेको छ । यसअघि बुधबार नगरप्रमुखले नगरबासीलाई सम्बोधन गर्दै लकडाउनका कारण कोही भोकै बस्नु नपर्ने भन्दै त्यसको जिम्मा स्थानीय सरकारले लिने बताएका थिए ।

प्रकाशित : चैत्र १३, २०७६ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?