२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बाहिरबाट आएका ३२ क्वारेन्टाइनमा

हरि गौतम

(रुकुम पूर्व) — कोभिड १९ को संक्रमण फैलिएका ठाउँबाट जिल्ला आएका ३२ जनालाई  क्वारेन्टाइनमा राखिएको छ । सिस्ने गाउँपालिकाले ५ नम्वर वडाको रुक्मिणी माध्यामिक विद्यालयमा क्वारेन्टाइन बनाएर उनीहरुलाई राखेको हो ।

बाहिरबाट आएका ३२ क्वारेन्टाइनमा

यसमा धेरै भारतबाट र अरु अन्य देशबाट आएकाहरु छन् ।


सुरुमा ४ जनालाई राखिएको क्वारेन्टाइनमा बाहिरबाट आउनेको संख्या बढेपछि उनीहरुलाई पनि राखिएको हो । कतिपय आफै क्वारेन्टाइनमा आएका हुन् भने केही उपचारको लागि आएकालाई राखिएको सिस्ने गाउँपालिकाले जनाएको छ ।


क्वारेन्टाइनमा राख्नुपर्नेहरु बढ्दै गएपछि क्वारेन्टाइनको संख्या पनि बढाइएको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन् । उनका अनुसार क्वारेन्टाइनमा सिस्ने गाउँपालिकाका मात्रै छैनन् । पुथा र भूमे गाउँपालिकाका केही व्यक्ति पनि क्वारेन्टाइनमा छन् । त्यसको सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले गरिरहेको छ ।


उनीहरु सबैलाई जिल्ला अस्पतालका डाक्टरहरुको निगरानीमा राखिएको छ । कोरोनाको लक्षण देखिएरभन्दा सतर्कता स्वरुप क्वारेन्टाइनमा राखिएको जिल्ला अस्पतालका डा.पूर्णबहादुर पुनले बताए । क्वारेन्टाइनमा रहेका सबैको अवस्था सामान्य नै रहेको पनि उनले बताए ।


क्वारेइटाइनमा रहेकाहरुको ज्वरो नाप्ने तथा अरु गर्नका लागि सुरक्षा सामग्री भने अभाव रहेको डा.पुनको भनाई छ । पुथाउत्तरगंगा गाउँपालिकाले पनि क्वारेन्टाइनको तयारी गरेको जनाएको छ । भूमे गाउँपालिकाले भने बाहिरबाट आएका सबैलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनेको छ । काठमाडौं र दाङबाट आएकालाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको प्रमुख प्रशासकीय अधिकृत चन्द्रसिङ श्रेष्ठले बताए ।

प्रकाशित : चैत्र १३, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?