'लकडाउन'मा भैरहवाको अवस्था सामान्य

माधव ढुंगाना

(भैरहवा) — कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणकालागि लकडाउन गरिएपछि भैरहवा र सुनौली नाका क्षेत्र सामान्य छ । फाट्टफुट्ट सडकमा पैदल र मोटरसाइकलबाट यात्रा गर्ने यात्रुलाइ ट्राफिक प्रहरी र जनपथ प्रहरीले रोक लगाउँदै फिर्ता पठाइदिने गरेका छन् । अटेर गर्ने यात्रुलाई प्रहरीले नियन्त्रणमा समेत लिने गरेको छ ।

'लकडाउन'मा भैरहवाको अवस्था सामान्य

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जिल्लाको अवस्था नियन्त्रणमा रहेको जानकारी दिए । सिमानामापनि भारतबाट नेपालतर्फ आउने यात्रु कोही नभएकाले कुनै तनाव नरहेको उनले बताए ।

भारतमापनि लकडाउन गरिएकाले नेपाल आयल निगमको पेट्रोलियम पदार्थ लिन भारततर्फ गएका केही ट्यांकरलाई फर्काइएपछि यस बारेमा केन्द्रमा कुराकानी गरी समास्या समाधानको पहल भैरहेको उनले जनाए । रुपन्देहीको भलवारीस्थित निगमको क्षेत्रिय कार्यालयकालागि पेट्रोलियम पदार्थ लिन भारतको बैतालपुरतर्फ गएका ३५ वटा ट्याकंरलाई गोरखपुर नजिकको फरेन्दा भन्ने स्थानबाट भारतीय सुरक्षाकर्मीले फर्काइदिएका थिए ।

तर भारतबाट ग्यास, खाद्यान्न, फलफुल लगायतका सामाग्री भने सामान्य अवस्थामा जस्तै पैठारी भैरहेको छ । लकडाउनका कारण सुनौली नाकामा नेपालबाट भारततर्फ जाने असामान्य अवस्थाका यात्रु बाहेक सबैलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् ।

प्रकाशित : चैत्र ११, २०७६ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?