१५ दिनको तलब राहतकोषमा 

सन्जु पौडेल

(तिलोत्तमा) — कांग्रेस प्रदेश ५ संसदीय दलले १५ दिनको तलब कोरोना राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 'मंगलबार बसेको दलको बैठकले कांग्रसका सबै प्रदेशसभा सदस्यबाट रकम जम्मा गर्ने निर्णय गरेका हौं', सचेतक निर्मला क्षेत्रीले भनिन्, '१९ सदस्य छौं, सबैको तलब जम्मा हुन्छ ।'विपदका बेला पार्टी समन्वय र सहकार्यमा तत्पर रहेको उनले जनाइन् । 

१५ दिनको तलब राहतकोषमा 

सरकारले लकडाउनको सूचना जारी गरेपछि पनि अटेर गरेर सडकमा यात्रा नगर्न र हरेक नागरिक आफै सचेत रहनसमेत कांग्रसले सुझाएको छ ।


प्रकाशित : चैत्र ११, २०७६ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?