लकडाउनको अवज्ञा गर्ने २ जना पक्राउ

सन्जु पौडेल

रुपन्देही — सरकारले जारी गरेको लकडाउनको सूचना अवज्ञा गरी बजारमा होहल्ला गर्दै हिँड्ने २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुटवलको राजमार्ग चौराहाबाट नियन्त्रणमा लिइएको  इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले बताए ।

लकडाउनको अवज्ञा गर्ने २ जना पक्राउ

‘मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा हल्ला गर्दै हिँडेको भेटियो’, उनले भने, ‘बुटवलकै वर्ष ३३ का हेमन्त घिमिरे र वर्ष ४५ का नवराज श्रेष्ठलाई नियन्त्रणमा लिएका हौं ।’ संवेदनशील अवस्थामा हल्ला गर्दै हिँडेकाले पक्राउ गरेको उनले बताए ।

उनीहरुले प्रयोग गरेको स्कुटर र मोटरसाइकल समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र ११, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?