३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गुल्मीमा निषेधाज्ञा आदेश जारी

घनश्याम गौतम

(रुपन्देही) — कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबारदेखि एक साता लामो निषेधाज्ञा जारी गरेको छ । 

गुल्मीमा निषेधाज्ञा आदेश जारी

जिल्ला सुरक्षा समितिको सोमबार साँझ दोस्रो पटक बसेको बैठकले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा…(३) अनुसार आजदेखि नै चैत १८ गते बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । प्रशासनले ६ बुँदे निषेधाज्ञा जारी गरेको छ । पहिलो बैठकले जिल्ला 'लकडाउन' को निर्णय गरेको थियो ।


निषेधाज्ञाको अवधिभर आपत्‌कालीन र अत्यावश्यक कामबाहेक घरबाहिर हिँड्डुल नगर्न, सवारी साधन नचलाउन आग्रह गरेको छ । त्यस्तै भोजनालय, खाद्यान्न तथा फलफूल, एवं तरकारी, औषधी पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मालबाहक सवारीका साधनहरु, सरकारी छापाखाना र सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थ वितरण, फोहरमैला संकलन तथा ढुवानी एवं विद्युत् सेवाबाहेकका सबै सेवा बन्द गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।

निषेधाज्ञाको उल्लंघन भए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने प्रशासनले जनाएको छ । सूचना अधिकारी पाण्डेयका अनुसार सोमबारको जिल्ला लकडाउनको निर्देशन अवज्ञा हुने संकेत देखिएपछि निषेधाज्ञा नै जारी गर्नु परेको हो ।


प्रकाशित : चैत्र ११, २०७६ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?