कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गुल्मी रातिदेखि लकडाउन

वीरेन्द्र केसी

गुल्मी — कोरोना संक्रमणबाट जोगिन गुल्मीलाई पूर्ण रुपमा लकडाउन गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको सुरक्षा समिति र सरोकारवालाको छलफलपछि सुरक्षित रहन सम्पूर्ण सार्वजनिक र निजी सवारी साधनलाई राति १२ बजेदेखि आवतजावतमा रोक लगाइने भएको छ । मोटरसाइकल पनि अर्को सूचना जारी नभएसम्मको लागि चल्ने छैनन् ।

एम्बुलेन्स, दूधका गाडी, खाद्यान्न बोक्ने मालवाहक गाडी, पानी, फलफूल औषधि र तरकारी बोक्ने गाडीलाई रोक लगाइएको छैन । जिल्ला भित्रिने मालवाहक गाडीमा एक चालक र एक सहचालक मात्रै रहनेछन् । उनीहरुको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गर्ने र आवश्यक परेमा क्वारेन्टाइनमा राखिने शर्माले बताए ।


अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु इन्धन, दाल, चामल, तेल, नुन, दूध डेरी तरकारी तथा फलफूल बाहेकका अन्य सम्पूर्ण पसलहरु राति १२ बजेदेखि अर्को सूचना नभएसम्म पूर्ण रुपमा बन्द रहनेछन् । अस्पताल स्वास्थ्य संस्था, औषधि पसलहरु र पेट्रोल पम्म २४ सै घन्टा सञ्चालन रहने शर्माले बताए ।


सबै स्थानीय तहमा हेल्थ डेस्क राखिएको छ । घरबाट कोही पनि बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक बाहेक अरु बाहिर ननिस्कन भनिएको छ । भारत लगायत स्वदेशका अन्य ठाउँबाट आएकालाई १४ दिन अनिवार्य घरको क्वारेन्टाइनमा राख्न जनप्रतिनिधिलाई सर्कुलर प्रशासनले गरेको छ । १२ वटै स्थानीय तहका नागरिकलाई कोरोनाबाट जोगिन सरकार र प्रशासनले जारी गरेको सर्तहरु पालना नगरे कानुन बमोजिम कारबाही गरिने शर्माले बताए ।

प्रकाशित : चैत्र १०, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?