चोक चोकमा हातधुने व्यवस्था

नारायण शर्मा

नवलपरासी — पूर्वी नवलपरासीको चोकचोकमा स्थानीयले निःशुल्क हातधुने व्यवस्था गरेका छन् । कावासोतीको गणेशमान चोक र थकालीचोकमा खानेपानी ट्यांकीमा पानी भरेर साबुनसहित सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाइको हो । दलदले र १६ नम्बर चोकमा पनि त्यस्तो व्यवस्था गरिएको छ । 

चोक चोकमा हातधुने व्यवस्था

स्थानीय व्यवासायीले त्यसलाई स्वतः स्फूर्तरुपमा सहयोग गरेका छन् । सर्वसाधारणको बढी आउजाउ हुने स्थान, बस बिसौनीमा सफा पानी र साबुनको व्यवस्था गरिएको छ । पसलहरु बन्द रहेका कारण सर्वसाधारणलाई त्यसैमा पिउने पानीको पनि व्यवस्था मिलाइएको छ ।


पूर्वी नवलपरासीमा कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै उद्योग वाणिज्य संघले बजार, व्यवसाय बन्दको आहृान गरेका कारण बजार बन्द छ ।


गैंडाकोटमा पनि सर्वसाधारणलाई ४ फरक फरक स्थानमा हातधुने व्यवस्था मिलाइएको त्यहाँका मेयर छत्रराज पौडेलले टेलिफोनमा जानकारी दिए । गैडाकोटको अमरापुरी र देवचुली नगरपालिकाको प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आ–आफ्नो क्षेत्रका ३/३ स्थानमा हातधुने व्यवस्था गरिएको प्रगतिनगर खानेपानी समितिका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिए । बजार र होटल बन्द रहेका कारण सर्वसाधारणले ती स्थानमा पुग्दा साबुन पानीले हातधुने र पिउने व्यवस्था मिलाइएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?