कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बसको ठक्करबाट दुईको मृत्यु

दुर्गालाल केसी

दाङ — दाङमा सोमबार बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गढवा गाउँपालिका–१ जुरौनीमा काठमाडौंवाट तुलसीपुरतर्फ आउँदै गरेको ना ६ ख ३९६७ नम्बरको बसले भालुबाङबाट पूर्वतर्फ जाँदै गरेको रा १ ब ८१८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–५ खाराका २५ वर्षीय गणेश पुन र तुलसीपुर–५ दाङका २४ वर्षीय रमेश वली रहेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए ।


पुनको घटनास्थलमै र वलीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको उनले जानकारी दिए ।


बस अनियन्त्रित भइ खाल्डोमा खस्दा चार यात्रु सामान्य घाइते भएका थिए । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित : चैत्र १०, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?