२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

रातिदेखि अर्घाखाँची 'लकडाउन'

वीरेन्द्र केसी

अर्घाखाँची — कोरोना संक्रमण सतर्कता अपनाउन अर्घाखाँची जिल्लालाई सोमबार रातिदेखि 'लकडाउन' गरिने भएको छ ।

रातिदेखि अर्घाखाँची 'लकडाउन'

प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले जिल्लामा प्रवेश गर्ने मालबाहक गाडीबाहेक अन्य निजी सार्वजनिक, भाडाका सवारीसाधन र मोटरसाइकल पनि रातिदेखि अर्को सूचना नभएसम्मका लागि पूर्णरुपमा आवतजावतमा प्रतिबन्ध लगाइएको छ।

मालबाहक सवारी साधनलाई भने प्रतिबन्ध लगाइएको छैन । मालबाहक गाडीमा चालक र सहचालकमात्रै बस्न पाउनेछन् । चालक र सहयोगीलाई चेकजाँच गरी आवश्यक परेमा क्‍वारेन्टाइनमा राख्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेले बताए ।


बैठकमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का, प्रदेशसभा सदस्य चेतनारायण आचार्य, कांग्रेस जिल्ला सभापति विष्णु मुस्कानलगायत दलका नेता, उद्योगी, व्यावसायी, यातायात, निर्माण व्यावयासी, सञ्‍चारकर्मीलगायत सरोकारवाला उपस्थिति रहेको थियो ।


औषधि र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्‍न, ग्यास, तेल, फलफुल पसल प्रत्येक बिहान १० देखि २ बजेसम्म मात्रै खुला हुनेछन् । दुधडेरी, सागसब्जी बिहान ६ देखि ९ र बेलुका ४ देखि ७ बजेसम्म सञ्‍चालन हुनेछन् । ठेलागाडी, आइसक्रिम, निर्माणको काम पूरै प्रतिबन्ध लगाइएको छ ।


भारत र स्वदेशका अन्य ठाउँबाट आउनेलाई गाउँमा घरपरिवारसँगै नबसी १४ दिनसम्म घरकै क्‍वारेन्टाइनमा बस्‍न अनुरोध गरिएको छ । जिल्लाका ६ वटै पालिकाका जनप्रतिनिधिले सचेतना अभियान सञ्चालन गरेका छन् । मालारानी र पाणिनी गाउँपालिकाले आफ्ना पालिकाभरी माइकिङ गरेका छन् । मालारानीले मदिरा बिक्री वितरण र सेवनमा रोक लगाएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।

प्रकाशित : चैत्र १०, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?