२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

स्कुटर दुर्घटनामा एकको मृत्यु

दाङ — दाङमा स्कुटर दुर्घटना हुँदा सोमबार एक जनाको मृत्यु भएको छ ।

घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा ३ प ५४३० नम्बरको स्कुटर लमही नगरपालिका–६ बेल्दमारमा दुर्घटना हुँदा स्कुटरमा सवार घोराही उपमहानगरपालिका–१८, नवलपुरका ३६ वर्षीय अमितसिंह धामीको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते धामीको उपचारका क्रममा लमहीमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : चैत्र १०, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?