जुवा खेलेको अभियोगमा नौ जना पक्राउ

दुर्गालाल केसी

दाङ — जुवा खेलेको अभियोगमा प्रहरीले घोराहीमा नौ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका १४ सरस्वती टोलस्थित बुढाथोकी समिर होटेलमा शुक्रबार राति कोठा भाडामा लिइ जुवा खेलिरहेको अवस्थामा २ लाख ८९ हजार १५ रुपैयाँ नगदसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरीले बताएको छ ।

जुवा खेलेको अभियोगमा नौ जना पक्राउ

पक्राउ पर्नेमा घोराही १० का ४३ वर्षीय मलबहादुर डाँगी, ३८ वर्षीय हरिबहादुर विक, ३८ वर्षीय धनबहादुर वली, घोराही १८ का २७ वर्षीय प्रेम पुन, २७ वर्षीय आकाश लम्साल, घोराही १० का ४० वर्षीय दोर्णबहादुर महरा, घोराही १४ का ५० वर्षीय गुमानसिंह डाँगी, घोराही १२ का ३१ वर्षीय टपेन्द्र विष्ट र घोराही ११ का ३२ वर्षीय अनिल विक छन् । उनीहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

प्रकाशित : चैत्र ८, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?