२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बन्द धागो कारखाना अब अस्थायी अस्पताल

अमृता अनमोल

बुटवल — रामनगरस्थित औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको धागो कारखानामा अस्थायी अस्पताल सञ्‍चालन गर्ने भएको छ । कोरोना भाइरस जोखिम कम गर्न र संक्रमित बिरामीलाई लक्षित गरी सय बेडको अस्पताल बनाउन लागिएको हो । 

बन्द धागो कारखाना अब अस्थायी अस्पताल

बुटवल उपमहानगरको अगुवाइमा २४ घण्टाभित्र सञ्‍चालनमा ल्याउने गरी अस्थायी अस्पताल बनाउन बनाउन थालिएको प्रमुख शिवराज सुवेदीले बताए । अस्पताल सञ्‍चालनका लागि आवश्यक बेड यहाँका निजी अस्पतालहरुले उपलब्ध गराउने छन् ।


अस्पताललाई प्राविधिक सहयोग लुम्बिनी प्रादेशिक अस्पतालले गर्ने छ । बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीको लागि एक सय थान सुरक्षित एप्रोन काठमाडौंबाट ल्याउँदै गरिएको नगरप्रमुखले जानकारी दिए । धागो कारखाना परिसरमा अहिले सरसफाइ, रंगरोगन र पूर्वाधार निर्माण सुरु भएको छ ।


केही शौचालय निर्माण, विद्युत् जडान तथा रङरोगनको काम भइरहेको छ । कारखाना परिसरमा ३० वटा अस्थायी शौचालय बन्ने छन् । ती निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिने भएको छ ।

प्रकाशित : चैत्र ७, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?