३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

रिक्त प्रदेश सभा सदस्यमा दाङका गिरी

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ को रिक्त प्रदेशसभा सदस्यमा दाङका शंकर गिरी निर्वाचित भएका छन् । प्रदेश सभामा विपक्षी दलका नेता बलदेव शर्मा पोखरेलको निधन भएपछि रिक्त पदमा निर्वाचन आयोगको आइतबारको बैठकले गिरीलाई निर्वाचित भएको घोषणा गरेको हो । 

रिक्त प्रदेश सभा सदस्यमा दाङका गिरी

समानुपातिक सूचीमा खस आर्यबाट दोस्रो नम्बरमा रहेका गिरीलाई नेपाली कांग्रेसको सिफारिसमा निर्वाचित गरिएको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचित गरिएको राजपत्रमा प्रकाशित गरेपछि प्रदेश सभालाई जानकारी गराइने बताए ।


आयोगबाट निर्णय भैसकेकोले सम्बन्धित प्रदेश प्रमुखलाई जानकारी दिने कार्य भइरहेको बताए । जानकारीपछि प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले सपथ गराएपछि गिरी बैठकमा उपस्थित हुनेछन् ।


तीन कार्यकाल नेपाली कांग्रेस दाङको जिल्ला सचिव भएका उनी २०७० सालको संविधान सभाको निर्वाचनमा पनि समानुपातिक सूचीमा परेका थिए । तर, निर्वाचित हुन पाएनन् ।


दोस्रो पटक ०७४ सालमा पनि दोस्रो नम्बरमा सिफारिसमा परेका उनी प्रदेश सभा सुरु भएको २ वर्षपछि सदस्यमा निर्वाचित भएका हुन् । गिरीले दाङको अमर माविमा १० वर्ष प्रधानाध्यापकको भूमिका निर्वाह गरेका थिए । कांग्रेसमै रहेका बेला विभिन्न आन्दोलन र मोर्चामा सक्रिय थिए ।

प्रकाशित : चैत्र ३, २०७६ १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?