कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असिना पानीले लाखौंको बाली नष्ट

माधव अर्याल

पाल्पा — जिल्लाका तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका विभिन्न स्थानमा शनिबार राति परेको असिना पानीले लाखौंको तरकारी र अन्नबाली नष्ट गरेको छ । भित्र्याउने तयारी अवस्थामा रहेका अन्नबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । ठूल्ठूला असिना, पानी र हुरीले गहुँ, जौं, आलु, तरकारी, मटरकोसा, फलफूलमा क्षति पुगेको तिनाउ गाउँपालिका–५ मरामकोटका गणेश दर्लामीले बताए ।

असिना पानीले लाखौंको बाली नष्ट

तिनाउ गाउँपालिका–५ कोलडाँडा र ६ को मस्याम, रिब्दीकोट–६ ठिमुरे लगायतका क्षेत्रमा भारी मात्रामा असिना परेको हो । रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाका विभिन्न स्थानमा पनि असिना पानीले बालीमा क्षति पुगेको छ । आइतबार बिहान जिल्लाका विभिन्न स्थानमा असिनाले डाँडै सेताम्मे बनेका थिए ।

मस्याम जन्तीलुङका शेरबहादुर लम्तरीका अनुसार पछौटे तोरी, सर्स्यू, केराउ, जौं, गहुँ, आलु लगायतमा बढी क्षति पुगेको छ । असिनाको भारी थेग्न नसकेर जन्तीलुङकै मनबहादुर लम्तरीको घरका छाना नै भित्र खसेको छ । जन्तीलुङ, मरामकोट, पाटन, ठिमुरेका विभिन्न स्थान, कोलडाँडाको बिस्कुनडाँडा, पाटन नजिकको अर्खले लगायतका स्थानमा असिनाले ठूलो क्षति पुगेको छ ।

प्रकाशित : चैत्र २, २०७६ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?