कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

असिनाले चुट्दा बालककाे मृत्यु

वीरेन्द्र केसी

अर्घाखाँची — अर्घाखाँचीकाे शीतगंगा नगरपालिका-१२ ठाडा रजिया रातामाटाका १० वर्षीय बालक विकास नेपालीको असिनाले चुटेर मृत्यु भएकाे छ । 

शनिबार दिउँसो घरबाट हिँडेका नेपाली डोहोटेको कुँडुले जङ्गलमा बाटोको कुनामा मृत भेटिएका थिए । बाक्लो असिनाले चुटेर बालकको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यसैबीच भूमिकास्थान नगरपालिका-९ ढिकुरामा खोलाले बगाएर चरेपानीका ३८ वर्षीय सालिकबहादुर वलालको मृत्यु भएको उनले बताए । गाउँमा रहेको चरेपानीकाे पातले खोलाले बगाएर वलालको मृत्यु भएको हाे । भीषण पानीसँगै परेकाे असिना र हिउँका कारण खाेलामा बाढी आएकाे थियाे । असिनाले लाखाैंकाे अन्नबाली समेत नष्ट गरेकाे छ ।

प्रकाशित : चैत्र २, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?