२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

विद्यालयमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

रुपा गहतराज

नेपालगन्ज — बाँकेको ब्रिटिस इंग्लिस स्कुलका कक्षा ९ मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालयमा आयाजित सांस्कृतिक कार्यक्रममा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर १४ वर्षीय भरत कँडेलको मृत्यु भएको हो । 

बाँके प्रहरीका अनुसार नेपालगन्ज–१९ कारकादो बाइपासमा रहेको सो विद्यालयमा शुक्रबार करेन्ट लागेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुराएलगत्तै उनको मृत्यु भएको थियो ।


जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तथा प्रहरी उपरीक्षक वीरबहादुर ओलीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताए । उनले शवको पोस्टमार्टम शनिबार मात्र हुने भएको कारण थप जानकारी आउन सक्ने बताए ।


मृतकका आफन्तले भने विद्यालयको लापर्बाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् । विद्यालयका प्रिन्सिपल हेमन्तराज काफ्लेले विद्यालयमा भएको सो घटना दु:खद भएको बताए । ‘नराम्रो घटना भयो, हामी निकै दुखी भएका छौं ।’ उनले भने,‘ठूलो पानी परिरहेको थियो, आफनै आँखा अगाडि एक्कासि चिप्लिएर ढले ।’

प्रकाशित : चैत्र १, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?