२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

१७ लाख घूससहित नापीका ६ कर्मचारी पक्राउ

सन्जु पौडेल

रुपन्देही — जिल्ला नापी कार्यालय भैरहवाका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख रुपैयाँ घूससहित शुक्रबार पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसनधान आयोगको बुटवल कार्यालयबाट गएको टोलीले घूस लिँदै गर्दा श्रेष्ठसहित नापी सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राजकुमार अर्याललाई पक्राउ गरेको आयोग केन्द्रीय प्रवक्ता प्रदीप कोइरालाले बताए ।

१७ लाख घूससहित नापीका ६ कर्मचारी पक्राउ


उनीहरुले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसँग घूस लिएको कोइरालाले बताए । उनीहरुलाई सिद्धार्थ नगर नगरपालिका–१३ स्थित अशोका होटल नजिकबाट पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता कोइरालाले बताए । साथै उनले विज्ञप्तिमार्फत थप जानकारी दिने बताए ।

प्रकाशित : फाल्गुन ३०, २०७६ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?